Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली शरणार्थी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा दिए उजुरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २९ २०८०
  • 2.8K
    SHARES

काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा उजुरी दिएका छन् ।

ती पीडितले झण्डै १ करोड ८५ लाख ९२ हजार भन्दा बढी रकम ठगिएको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।

काठमाडौँका सानु भण्डारी, केशव दुलालसमेत संलग्न भई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छौँ भनेर प्रलोभन दिएर विश्वासमा पारी रकम ठगी गरेको आरोप लगाउँदै लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाडौँलगायत जिल्लाका १८ जना पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ ।

उक्त जाहेरी दरखास्त आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँमा पठाइएको रेग्मीले बताए ।

यही प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायत पुर्पक्षका लागि थिनामा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४