काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले सदन कब्जा गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले विरोध जनाएको छ ।
नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएपछि संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसित कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले सभामुखको कार्यशैलीप्रति पनि प्रश्न उठाएका छन् ।
उनले सदन हाइज्याक भएको आरोप लगाएका छन । ‘संसद हाइज्याक भयो, हाइज्याक गर्न पाइँदैन’ सभामुख देवराज घिमिरेप्रति लक्षित गर्दै लामिछानेले भनेका छन् , ‘दल छाडेर सदन छिरेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन ।
आफूसँग केही सूचना भएको र ती सूचना संसदमा रेकर्ड गराउन चाहेको तर सभामुखले त्यो अवसर नदिएको उनले बताएका छन् ।
‘संसदीय मूल्यमान्यता सिद्धान्तमा अडिग रहेर आएको हामी जस्तो नयाँ राजनीतिक दलका लागि यो दु:खद विषय भयो’ लामिछानेले भनेका छन् ‘हामीले यस्तो अपेक्षा गरेकै थिएनौं ।