Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हाम्रो स्मृतिमा रहेका सबै काण्डहरुको फाइल खोलौं : महामन्त्री थापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २९ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबै ठूला भ्रष्ट्राचार र अनियमितता प्रकरणमाथि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

पछिल्ला दिनमा नेताहरुले विभिन्न भ्रष्टाचार तथा अनियमितता प्रकरणको नाम लिँदै छानबिन माग गरिरहेको भन्दै थापाले हाल स्मृतिमा रहेका सबै ठूला काण्डहरुको फाइल खोल्नुपर्ने धारणा राखेका हुन् ।

नेपाली कांग्रेस संसदीय दलको बैठकमा सोमबार धारणा राख्दै महामन्त्री समेत रहेका गगनकुमार थापाले भने, ‘हाम्रो स्मृतिमा रहेका जति पनि ठूला काण्डहरु छन्, ती सबैको फाइल खोलौं, अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहोस्, तर दोषी छ भने जुनसुकै दलको होस्, नेता होस्, नाता होस्, सांसद होस् मन्त्री होस् कसैले पनि छुट पाउनु हुँदैन ।

पछिल्ला दिनमा विभिन्न प्रकरणमा नाम मुछिएका नेताहरुले अरु अरु काण्डको नाम लिँदै अनुसन्धान हुनुपर्छ भन्न थालेको भन्दै थापाले पछिल्लो समयमा स्मृतिमा रहेका सबै काण्डको फाइल खोल्नुपर्ने बताएका हुन् ।

‘हिजोआज शीर्ष नेताहरुको यस्तै भनाइ सुनिन्छ, कुनै एउटा काण्डमा कुनै नेताको नाम जोडियो भने ए मेरो मात्र छानबिन गर्ने, तिम्रो नाम जोडिएको काण्ड के होत ? कुनै दलको कुनै नेता अनुसन्धानका क्रममा पक्राउ प¥यो भने एक हाम्रो नेता पक्राउ गर्ने तिम्रो नेता खोई, यस्तै यस्तै सुनिन्छ, यसरी आफ्नो अनुकुलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने यो अवस्था बदल्नुपर्छ ।

महामन्त्री थापाले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि प्रहरीले अनुसन्धान गर्नुपर्ने बताएका छन्  । इलेक्ट्रिक चुरोट “भेप” मा लुकाएर सुन ल्याएको आरोप लागेका चिनियाँ नागरिकसँग महरा र उनका छोराको पटक पटक टेलिफोन कुराकानी भएको पाइएको थियो । सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा महरा बाबुछोराको नाम उल्लेख भए पनि प्रहरीले उनीहरुमााथि अनुसन्धान शुरु नै गरेको छैन ।

महामन्त्री थापाले आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको प्रसंग पनि कोट्याएका छन्  । उनले यो विषय माओवादीले स्पष्ट गरेर मात्र नहुने भन्दै प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४