Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई बलियो बनाउन पद त्यागे : अमनलाल मोदी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २९ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनुभएको छ ।

राम्रो काम गर्दा गर्दै अपm्ठ्यारोमा पर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उहाँको भनाई थियो । सोमबार सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो बिदाईका लागि आयोजित कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रुपले लिएको बताउनुभयो ।

मोदीले प्रधानमन्त्री दाहाललाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिनुभयो । किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री दाहालप्रति आभार पनि व्यक्त गर्नुभयो ।

निवर्तमानमन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गर्नुभयो । मोदीले करिब ६ महिना २६ दिन मन्त्रीको रुपमा कार्यभार सम्हाल्नुभएको थियो । मोदीले आफ्नो कार्यकाल सुःखद् रहेको दाबी गर्दै खुशी समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४