Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २९ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव सोमबार चीनको भ्रमणमा जानु हुने भएको छ ।

उहाँ सोमबार अपराह्न साढे ४ बजे चीन प्रस्थान गर्नुहुनेछ । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा २७ औँ चीन कुनमिङमा हुने आयातनिर्यात मेला’ मा विशेष अतिथिको रुपमा उहाँ चीन भ्रमणमा जान लाग्नु भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनु हुनेछ।

उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलो पटक विदेश यात्रामा निस्कन लाग्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४