काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।
अहिले ३ वटा राष्ट्रिय राजमार्ग ३ ठाउँमा अवरूद्ध रहेको र विभिन्न स्थानका सहायक सडकहरु ३ दर्जन भन्दा बढी ठाउँमा एकतर्फी सञ्चालन भईरहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार तमोर करिडोर पाँचथरको माझिटारस्थित हेवा खोलामा अवरूद्ध रहेको छ । यस्तै, कालीगण्डकी करिडोर सडक म्याग्दीको बैसरीमा गएको पहिरोले अवरुद्ध रहेको छ । गुल्मीको रिडीदेखि प्युठानको हंसपुर जोड्ने सडक सल्यानको अश्विनीमा अवरूद्ध रहेको पनि विभागले जनाएको छ ।
देशका पहाडभी भेगका अधिकांश सडकहरु अवरुद्ध हुने र खुलाउने क्रम चलिरहेको पनि विभागले जनाएको छ ।
जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
देशभर भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
