Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेसीको लगातार गोल, इन्टर मियामी सेमिफाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २७ २०८०
  • 5.1K
    SHARES

काठमाडौं । लिओनल मेसीले अमेरिकाले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४-० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ ।

घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई हसज जित दिलाउन मेसीसँगै जोसेफ मार्टेनिज र रोबर्ट टेललरले एक एक गोल गरे । एक गोल भने आत्मघाती भएको थियो ।

यसै सिजन अमेरिका पुगेका मेसीले लिग कपमा पाँच खेल खेल्दा ८ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोलकर्तामा अघि छन् । मेसीले खेलेका पाँच वटै खेलमा गोल गरेका छन् ।

जोसेफ मार्टिनेजले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । टेलरलले ३२औं मिनेटमा गोल गरी पहिलो हाफमा अग्रता दोब्बर पारे ।

चार्लोटेका एडिलसन मालान्डाले आत्मघाती गोल गरेपछि इन्टर मियामीले ३-० को अग्रता बनायो । त्यसको ८ मिनेटपछि मेसीले गोल गर्दै इन्टरको सहज जित पक्का गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४