काठमाडौं । नेपालीहरु रोजगारीका लागि जाने गन्तब्य विभिन्न देशहरु मध्ये बहराइन पनि रहेको छ । प्रबासमा रहेर पनि गीत संगीत लाई माया गर्ने थुप्रै नेपालीहरु हुनुहुन्छ । भने विभिन्न समस्याले गर्दा थुप्रै कलाकारहरु देश छोडेर जानू पर्ने बाध्यता पनि रहेको छ ।
यसै क्रममा प्रावासबाटै आफ्नो गीत संगीत लाई निरन्तरता दिदै बहराइनमा छायांकन गरिएको नेपाली आधुनिक गीत “अन्तिम चिनो” सार्वजनिक भएको छ । चर्चित मोडल तथा सर्जक देब बोहराको शब्दमा रहेको यो गीतमा रमेश बिस्वासले संगीत भर्नु भएको हो भने सुनिता सुनारले स्वर दिनु भएको हो ।
आकांक्षा योन्जन,वसन्त जिसि र खुसी लिम्बूको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई देव बोहराले छायांकन र निर्देशन गर्नु भएको हो भने कृष्ण बाबूले सम्पादन गर्नु भएको हो।
डि भि कृयसनको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको उक्त गीत बहराइनका विभिन्न ठाउमा छायांकन गरिएको थियो गर्मि मौसम भएकाले काम गर्न अलि गारो भएकोले कमि कमजोरीलाई आगामी दिनमा सुधार्दै काम लाई निरन्तरता दिने सर्जक तथा निर्देशक बोहराले हामिलाइ जानकारी गराउनु भएको थियो ।
हेरौ उक्त गीतको भिडियो :-