Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रिमियर लिग आजदेखि, दुई च्याम्पियन सिटी र बर्नली भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन २६ २०८०
  • 6.2K
    SHARES

काठमाडौं । विश्वकै चर्चित क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुँदैछ ।

पहिलो खेलमा दुई च्याम्पियन टोली म्यानचेष्टर सिटी र बर्नली भिड्दैछन् । सिटी प्रिमियर लिगको साविक विजेता हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो ।

सिटीले बर्नलीको मैदानमा खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

यो खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ । खेल बर्नलीको मैदान टर्फ मुरमा हुनेछ ।

गत सिजन अधिकांश समय आर्सनलभन्दा पछि रहेको सिटीले अन्त्यतिर उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो ।

अर्को संयोग के छ भने खेलाडीका रुपमा सिटीका १० मुख्य उपाधि जितेका बर्नलीका प्रशिक्षक भिनसेन्ट कोम्पनीका लागि प्रशिक्षकको रुपमा पहिलो खेल नै सिटीविरुद्ध हुँदैछ ।

लिगको पहिलो चरणमा शनिबार ६ खेल हुनेछ । जहाँ आर्सनलले नटिङहम फरेस्टसँग खेल्नेछ । यस्तै बर्नमाउथले वेष्टहमसँग, ब्राइटनले नवप्रवेशी लुटनसँग, एभरटनले फुलहमसँग र सेफिल्ड युनाइटेडले क्रिस्टल प्यालेससँग खेल्नेछ ।

आइतबार दुई ठूला क्लब चेल्सी र लिभरपुलबीच खेल हुनेछ भने ब्रेन्टफोर्ड रटोटनहम पनि भिड्नेछन् ।

सोमबार म्यानचेष्टर युनाइटेडले वल्भ्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४