Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओली र देउवासँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २४ २०८०
  • 7.1K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । विगतमा सामुहिक भेट्दै आएका प्रधानमन्त्री प्रचण्डले बुधबार छुट्टाछुट्टै भेटेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटानरमा भएको भेटमा संसदमा जारी अवरोध र अन्य राजनीतिक विषयमा समेत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नेकपा एमालेले साउन १० गते यता प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । संसद नचलेका कारण संसदीय समितिका सभापति चयन लगायतको प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले प्राथमिकतामा राखेर संसदमा दर्ता गरेका विधेयकहरु अड्किएको र त्यसले नेपालकै छविलाई समेत अप्ठारो पार्न सक्ने भनी शीर्ष नेताहरुको समेत ध्यानाकर्षण गरेका छन् । मनि लाउन्डरिङ सम्बन्धी विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक पष्रिषद सम्बन्धी विधेयक पारित गर्नमा बिलम्ब भएको प्रधानमन्त्री प्रचण्डको गुनासो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४