Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको कामले ढुक्क हुने अवस्था छैन सांसद पन्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफुहरु विश्वस्त नभएको बताउनुभएको छ । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाँले आफुहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताउनुभयो ।

नेकपा(एमाले)का सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानविन हुनेमा आफुहरु विश्वस्त नभएको बताउनुभएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन हुनेमा आशंका व्यक्त गर्नुभएको हो । उहाँले आफुहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताउनुभयो । उहाँले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताउनुभयो ।

उहाँले राजनीतिक रुपमा कडा कदम नचालेसम्म नेपालको विमानस्थलबाट सुन तस्करी नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो – ‘सरकारको नेतृत्व गर्ने मान्छेमाथि नै विश्वास छैन नि । प्रचण्डजीले जतिसुकै ठुलो कुरा गरेपनि उहाँको कामले ढुक्क हुने अवस्था त छैन । राजस्वले राम्रै छानविन गरेको थियो । हामीले संसद बन्द गरेपछि सिआईबिलाई दिने निर्णय भयो । त्यो पनि ठिकै छ । एउटा उच्चस्तरीय छानविन समिति बनाए भयो नि । राजस्वको छानविन पनि जारी रहन्छ ।

सिआइबिले गर्ने छानविन पनि जारी रहन्छ । अर्को एउटा कसरी सुन तस्करी रोक्ने भन्ने एउटा नीतिगत निर्णय पनि गर्नुपर्ला । सुन तस्करी सदाका लागि हाम्रो एयरपोर्टबाट तस्करी हुन कसरी रोक्ने भन्नेकुराको लागि पनि त छानविन आयोग बनाउँदा के बिग्रिन्छ र ? नेपालको एयरपोर्टबाट सुन तस्करी सदाको लागि अन्त्य होस् भन्नका लागि राजनीतिक रुपमा कडा कदम नचालेसम्म यो रोकिदैन । राजनीतिक मान्छेहरु संलग्न छन् कुन कुन पार्टीका छन् भन्ने त नाम नै आएको छ बाहिर । उनीहरुलाई चोख्याउने काम भएको छ ।’

उहाँले करोडौँ रुपैयाको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको बताउनुभयो । लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारको गफ लगाउनुमात्रै भएको उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४