Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदको अवरोध खुलाउन सभामुखले बोलाए तीन दलका शीर्ष नेताको बैठक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २२ २०८०
  • 4.4K
    SHARES

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापतिहरु चयनको विषयमा छलफल गर्न सोमबार विभिन्न दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ ।

आइतबार दलका प्रमुख सचेतकहरुसँग छलफल गर्नुभएका सभामुख घिमिरेले दिउँसो १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालसहित शीर्ष नेताहरुलाई छलफलका लागि डाक्नु भएको हो ।

सय किलो सुन तस्करी प्रकरणमा विज्ञहरुसहितका उच्च स्तरीय छानविन समिति माग गर्दै एमालेले दुवै सदनका बैठकहरु अवरुद्ध गरिरहेको छ । प्रमुख सचेतकहरुले शीर्ष नेताहरुसँग छलफल गर्नुपर्ने सुझाव दिएपछि सभामुखले सोमबार प्रतिनिधिसभाको बैठक बस्नु अघि शीर्ष नेताहरुको बैठक बोलाउनु भएको हो ।

प्रतिनिधिसभाको बैठक सोमबार दिउँसो १ बजे डाकिएको छ । प्रतिनिधिसभाको बैठक बसेमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वन गर्ने लगायत कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, राष्ट्रियसभाको बैठक पनि सोमबार दिउँसो १ बजे डाकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४