Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कम्बोडियामा पुनः हुन सेनको शासन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २१ २०८०
  • 2.7K
    SHARES

प्रधानमन्त्री सम्देच टेको हुन सेनको नेतृत्वमा रहेको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले भर्खरै सम्पन्न भएको भएको आम निर्वाचनमा अत्याधिक बहुमतले विजयी भएको छ । हुन सेन ३८ वर्षदेखि निरन्तर शासनमा प्रधानमन्त्री सम्देच टेको हुन सेनको नेतृत्वमा रहेको सत्तारुढ कम्बोडियाली पिपुल्स पार्टी (सीपीपी) ले भर्खरै सम्पन्न भएको भएको आम निर्वाचनमा अत्याधिक बहुमतले विजयी भएको छ ।

निर्वाचनको यो नतिजासँगै प्रधानमन्त्री सम्देच टेको हुन सेनको सत्ता आगामी ५ वर्षको लागि निरन्तर हुनेछ । निर्वाचन भएको १२५ संसदीय सिटमध्ये प्रधानमन्त्रीको पार्टी सीपीपीले १२० सिटमा जीत हाँसिल गरेको छ भने बाँकी ५ सिट फनसिनपेक पार्टीले जितेको राष्ट्रिय निर्वाचन समिति (एनईसी) बताएको छ ।
प्रधानमन्त्री सम्देच टेको हुन सेन सन् १९८५ देखि निरन्तर सत्तामा हुनुहुन्छ ।

सातौं आमनिर्वाचनमा १८ राजनीतिक दलले प्रतिष्पर्धा गरेका थिए । सत्तारुढ पार्टी सिपिपिले निर्वाचनमा खसेको कुलमतको ८२.३ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । ३८ वर्षभन्दा बढी समयसम्म कम्बोडियाको प्रधानमन्त्रीको रूपमा रहनुभएका सेन ७० वर्ष पुगिसक्नुभएको छ । प्रधानमन्त्री सेनले यही अगस्ट २२ मा प्रधानमन्त्रीको शपथग्रहण गर्नुहुनेछ । अर्को वर्ष फेब्रुअरी २५ मा हुने सिनेटको निर्वाचनपछि सिनेटको अध्यक्षको पद पनि लिनुहुनेछ । कम्बोडियामा भएको निर्वाचनलाई विश्वले मिश्रित प्रतिक्रिया दिएको छ ।

शक्ति राष्ट्र चीनले निर्वाचनलाई स्वागत गरेको छ भने अमेरिकाले न त स्वतन्त्र न निष्पक्ष भनेर टिप्पणी गरेका छ । कतिपय पश्चिमा राष्ट्रहरुले अधिनायकवादी शासन बिस्तार भनेर टिप्पणी गरेका छन् । आफ्नो ३८ औं वर्षको सत्तामा पुगेका हुन सेनले जिम्बाबेका स्वर्गीय रोबर्ट मुगाबे र लिबियाका स्वर्गीय मुअम्मर गद्दाफी जस्ता लामो समय सत्ता र शक्तिमा बस्नुभएका व्यक्तिहरूलाई पछाडी पार्नुभएको छ । यससँगै उहाँ विश्वको लामो समयदेखि जीवित राजनीतिक नेतृत्व गरिरहेका नेताहरूको सूचीको शीर्षमा पर्नुभएको छ ।

प्रधानमन्त्रीको हुनसेनको कार्यकालमा राजनीतिक दमन, अभिव्यक्ति स्वतन्त्रतामा प्रतिवन्ध, असहमतिको दमन, मानवअधिकार हननका आरोप जस्ता विषयलाई लिएर विश्वव्यापी मानवअधिकार संगठनहरूले आलोचना गर्दै आएका छन् । हालै सम्पन्न निर्वाचनको नेपालका पूर्व प्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्ससवादी लेनिनवादी) का अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि मात्रै पर्यवेक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४