Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीको”तिज कोसेली,नाठो पोइ” भिडियो सहित सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन २० २०८०
  • 12.6K
    SHARES

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र चर्चित लोक तथा दोहोरी गायिका सिर्जु अधिकारीको तिज गित “नाठो पोइ” सार्वजनिक भएको छ ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रामेछाप सास्कृतिक कलाकार समाजका पूर्व अध्यक्ष समाजसेवी मिलनसार टप राजधानी रोधीघर ठमेलका संचालक रामेछापको गर्विलो शान मनोरंजन क्षेत्रको खम्बा सबैलाई माया गर्ने सबैको मन मुटुमा बस्न सफल लोक तथा दोहोरी गायक प्रकाश कटुवालको तिज गित नाठो पोई सार्बजनिक भए सँगै बजार तात्ने निश्चित भएको छ ।

यो वर्षको पनि नेपाली हिन्दु नारिहरुको महान चाडपर्ब हरितालिका तिज नजिकिय सङ्गै तिज गितहरु बजारमा आउने क्रम बाक्लो हुदै गएको छ । यसै क्रममा  चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवालको निकै उत्कृष्ट तथा टिपिकल शब्द र मन छुने लयमा तयार पारिएको गित “नाठो पोइ”मा गायक कटुवाल सङ्गै चर्चित तथा लोकप्रिय गायिका सिर्जु अधिकारीको कणर्प्रिय आवाज रहेको छ । 

गीतमा चर्चित गायक प्रकाश कटुवाल संगै चर्चित कलाकारहरु नेहा गौतम, साजन बास्कोटा, शोभा बिश्वकर्मा, राम चन्द्र अधिकारी “गोक्तेकाजी” र कुस्मा दाहालको उत्कृष्ट अभिनय रहेको देखिन्छ । गितमा अहिले पछिल्लो समयमा गाउँ समाजमा घट्दै आएको यथार्थ कुरालाई गित सङ्गै भिडियो मार्फत झल्काउन खोजिएको छ ।

दाजु बहिनिको पात्र बाट अभिनित भिडियोमा भाइले दिदिलाई नाठो पोइ सङ्ग उठ्बस गरेको र भिनाजु बिदेशमा रहेको देख्न सकिन्छ भने भाइ पनि बिदेशिको श्रीमती सङ्ग लागेको दिदिले दर्साएको बुझ्न सकिन्छ । गितमा बेला-बेलामा गायक प्रकाश कटुवालको ठट्यौली पना मिसिए सङ्गै गोप्ते काजिको कमेडि बोलि र अभिनयले भिडियो अझ उत्कृष्ट बनेको पाइएको छ ।

लोक प्रिय गायक प्रकाश कटुवालको आफ्नै “युटुब च्यानल “मार्फत बजारमा आएको उक्त गीतमा स्मृति तिमिल्सिना “गुरु आमा”ले निर्देशन गरेकी छन् । गित प्रीज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो भने सोहि गितको एरेन्ज चर्चित संगितकार बिबि अनुरागिले गरेका हुन्  ।

लोक प्रिय गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीको यो भन्दा पहिले नै पनि छेकेन जामाले, पहिलो बेसार लगाएत सफल गितहरु बजारमा ल्याई सकेका थिए । यो गित पनि दर्शक श्रोताको माया सहितको कमेन्ट र गित भित्र देखिएको दृश्यले पनि गीत चल्ने पक्का देखिएको छ । यो गितले  दर्शक श्रोताहरुको मन जित्न सफल बनोस 

भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४