Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपालाई फकाउँदै सत्ता गठबन्धन, कोशीका नेताहरुलाई काठमाडौं बोलाइयो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन १४ २०८०
  • 2.8K
    SHARES

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले कोशी प्रदेशमा सरकार गठनका लागि राप्रपाको साथ खोजेका छन् । तर अहिलेसम्म राप्रपाले वचन दिएको छैन ।

सर्वोच्च अदालतले बिहीबार मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्दै संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङलेले चार दिन (१६ गते अपराह्न ५ बजेसम्म) को समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।

तर अहिलेसम्म सत्ता गठबन्धन र एमाले दुबै पक्षसँग बहुमत छैन । सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसका २९, माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।

माओवादीबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई राजीनामा गराउनुपर्ने मत पनि गठबन्धनमा छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबार मात्र सभामुख गौतमले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

तर गौतम तयार देखिएका छैनन् । साथै राप्रपालाई सरकारमै ल्याउने गरी पनि छलफल भइरहेको माओवादी केन्द्रका एक नेताले बताए । उनले भने, ‘राप्रपासँग छलफल भइरहेको छ, तर अहिले कुनै निर्णयमा पुगिसकेका छैनौं ।’

शनिबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका छन् ।

त्यसअघि माओवादी केन्द्र र कांग्रेसको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा विहान भएको छलफलले आइतबार विहान ९ बजे बस्ने बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई बोलाउने निर्णय गरेको छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काठमाडौं बोलाएको पुष्टि गरे ।

शनिबार नै कोशीका नेताहरुको बैठक पनि बसेको थियो । एक नेताका अनुसार बहमुत नजुटाई सरकारमा दाबी गरेका कारण दुर्घटना भएको निष्कर्षमा पुगेका नेताहरुले अब प्रष्ट बहुमत पुर्‍याएर मात्र मुख्यमन्त्रीमा दाबी गर्ने सहमति भएको छ ।

बहुमत जुटाउने क्रममा जसको नाममा सहमति जुट्छ, उसले सरकारको नेतृत्व गर्ने सहमति पनि आफूहरुको बीचमा भएको एक नेताले जानकारी दिए ।

यद्यपि तीन साता मात्र सरकारको नेतृत्व गरेको र हाल कामचलाउ सरकारको नेतृत्वमा रहेका कांग्रेस संसदीय दलका नेता थापा मुख्यमन्त्रीका स्वभाविक दावेदार हुन् । कांग्रेस प्रमुख सचेतक भुपेन्द्र राई भन्छन्, ‘कांग्रेसको नेतृत्वमा जानुपर्छ भन्ने हाम्रो दाबी स्वभाविक हो । तर अरु कसैले बहुमत जुटाउन सक्ने आधार पेश गर्छ भने स्वीकार गरेर जानुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४