Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चको आदेशद्वारा कोशी सरकार विघटन, मुख्यमन्त्री थापा पदमुक्त “आदेशको पूर्णपाठ”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ११ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । कोशीका मुख्यमन्त्री उद्धब थापा पदमुक्त भएका छन् । सवोच्च अदालतले उक्त प्रदेशनमा नयाँ सरका बनाउन आदेश दिएको छ ।

कोशी सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईपछि सर्वोच्चले उद्धव थापाको नेतृत्वमा गठन भएकोे सरकार अवैधानिक रहेको ठहर गरेको हो । सर्वोच्चले सभामुख बाबुराम गौतमको समेत समर्थन लिएर सरकार बनाउनु अवैधानिक भएको ठहर गरेको हो ।

सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका सांसद थापाले सभामुख गौतमसहितको हस्ताक्षर लिएर ४७ सांसदको बहुमतसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुख खापुङले पनि उक्त दाबीकै आधारमा थापालाई २१ असारमा मुख्यमन्त्री नियुक्त गरिदिएका थिए । तर, उक्त कदम अवैधानिक भएको भन्दै नेकपा एमालेबाट निर्वतमान मुख्यमन्त्री कार्की २२ असारमा सर्वोच्च पुगेका थिए ।

सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार उक्त सरकार गठन अवैधानिक रहेको ठहर गर्दै विघटनको आदेश दिएको हो ।

९३ सांसद रहेको कोशीमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षरमा थापाले ४७ जनाको बहुमत देखाएका थिए ।

अब कोशीमा ७ दिनभित्र नयाँ सरकार बनाइसक्नु पर्ने छ । त्यसो नभए ठूलो दलको हैसियतमा हिक्मत कार्की नै मुख्यमन्त्री बन्नेछन् ।

यस्तो छ सर्वोच्चको आदेशको पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४