Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुटले गिजोलिएको कांग्रेसमा बृहत् एकता बहस


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ८ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । ‘कांग्रेस एक मिसन, एक लक्ष्यका साथ प्रस्तुत हुन्छौं कि हुँदैनौं ? कांग्रेसको अगाडि ठूलो र ज्वलन्त प्रश्न र छलफलको आवश्यकता छ। हामी कार्यक्रम गर्छौं, पटकपटक गरौंला। तर, एउटा समूहको कार्यक्रम हुने, एउटा गुटको कार्यक्रम हुने भयो भने हामीले प्राप्त गर्न खोजेको लक्ष्य पूरा हुँदैन।’ नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य प्रकाशशरण महतले जारी केन्द्रीय समितिको बैठकमा राखेको अभिव्यक्ति हो ।

मंगलबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा महतले मात्र होइन, आफ्ना धारणा राखेका धेरै केन्द्रीय सदस्यले पार्टीमा संस्थाभन्दा व्यक्ति हाबी भएको भन्दै गुनासो गरे। त्यति मात्र होइन, पार्टीभित्र मौलाएको गुटबन्दी अन्त्यका लागि जोड दिँदै उनीहरूले भनेका छन्, ‘हामीभित्र मजबुत एकता कायम हुन सक्यो भने कांग्रेसलाई कसैले परास्त गर्न सक्दैन।’

तर, पार्टीभित्र बृहत् एकता र गुटबन्दी अन्त्यको वकालत गर्ने केन्द्रीय सदस्यहरू आफैं विभिन्न गुट र उपगुटबाट प्रभावित भएर बैठकमा धारणा राख्न पनि छाडेका छैनन्।

आफू र आफूनिकट नेता र गुटको बचाउ गर्ने, अर्को समूह र नेताको विपक्षमा मत राख्ने प्रवृत्तिले बैठकको सुरुकै दिनदेखि आइतरबारसम्म निरन्तरता पाइरहेको छ। तर सबै नेताले गुटबन्दी अन्त्य र पार्टीभित्रको एकताको कुरामा जोड दिन भने छाडेका छैनन्।

आफू संलग्न गुटलाई बलियो बनाई अर्को गुटलाई कमजोर पार्न नेताहरू निरन्तर सक्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४