Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसीसी इमर्जिङ टिम्स एसिया कपको भारत र पाकिस्तान फाइनलमा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ६ २०८०
  • 1.5K
    SHARES

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए फाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो । ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २ सय ६२ रनमा समेटियो ।

श्रीलंकाका दुई जना ब्याट्सम्यान शतक नजिक पुगेपनि टोलीको हार टार्न असफल भए । श्रीलंकाका लागि अविस्का फर्नान्डो र सहन अराचचिजले समान ९७ रन बनाएका थिए । पाकिस्तानका अर्सद इकबालले ५ तथा मुबासिर र सुफियान मुकिमले २–२ विकेट लिए ।

दोस्रो सेमिफाइनल खेलमा भारतले बंगलादेश ए लाई ५१ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । भारतले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको बंगलादेश ३४ ओभर २ बलमा १ सय ६० रनमै अलआउट भयो ।

बंगलादेशका तन्जिद हसनले सर्वाधिक ५१ रन बनाए । बलिङतर्फ भारतका निशान्त सिन्धुले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको भारत ४९ ओभर १ बलमा २ सय ११ रन बनाउँदा अलआउट भएको थियो ।

उपाधिका लागि भारत र पाकिस्तानबीचको फाइनल खेल आइतबार हुनेछ । समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४