Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सेनाको संख्या घटाउन हुँदैन : बामदेव गौतम


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ४ २०८०
  • 2.9K
    SHARES

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाउनुभएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गर्नुभयो ।

बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गर्नुभयो । त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क समेत गर्नुभयो ।

सांसद गौतमले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको संख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताउनुभयो । त्यस अवसरमा उहाँले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीर समेत गर्नुभयो ।

सांसद गौतमले पार्टीको केन्द्रिय कार्य समिति बैठक लाईभ गरेको भन्दै कांग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिष्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने धारणा समेत राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४