Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलित समुदायका व्यक्तिलाई राज्यको सर्वोच्च निकायमा पुर्‍याउनुपर्छ : सांसद शाही


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार २९ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पुर्‍याउनुपर्ने बताउनुभयो ।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद शाहीले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातिय छुवाछुत अन्त्य नहुने धारणा राख्नुभयो ।

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले तराई, मधेशमा खेतियोग्य जमिनमा सिंचाई नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले आफ्नो आँखा मधेसमा पनि पुर्‍याउनुपर्ने बताउनुभयो ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँले व्यहोर्ने बताएको भएपनि अर्थ मन्त्रालयसँग उपचार खर्च मागेको भन्दै बिरोध गर्नुभयो । उहाँले ललिता निवास जग्गा प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि कारबाही गर्नुपर्ने बताउनुभयो ।

आम जनता पार्टीका सांसद प्रभु शाहले गएराति रौतहटमा एक युवाको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गर्नुभयो । उहाँले बालाजु र कालिमाटीको तरकारी बजारको सटर गैरकानूनी रुपमा भाडामा लगाइएको भन्दै यसप्रति कृषिमन्त्रीको जवाफ माग गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकि सांसद रोशन कार्कीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नेकपा(एमाले)ले अवरोध गरेको संसद खोले पनि संसद बैठक चलाउन सरकार पक्ष तयार नभएको बताउनुभयो । उहाँले अवरोध खोलेकै दिनदेखि संसद बैठक किन पछि धकेलेको भन्ने प्रश्न गर्नुभयो ।

उहाँले कर्मचारीलाई आत्महत्या गर्न उक्साउने स्वास्थ्यमन्त्रीको कुरा आपत्तिजनक भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४