Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सीता दाहाल काे थिइन् ? एक युगको अन्त्य “संक्षिप्त जीवनी”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २७ २०८०
  • 3.9K
    SHARES

काठमाडौँ । कम्युनिष्ट आन्दोलनमै जीवन समर्पित गरेकी माओवादी केन्द्रकी सल्लाहाकार सीता दाहालले आजबाट यो संसारबाट सदाका लागि बिदा लिएकी छन् । पार्किन्सन जस्ता विभिन्न रोगबाट विगत २ वर्षदेखि अचेत अवस्थामा रहेकी दाहालको बुधबार बिहान ८ः३३ बजे काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । दाहालको निधनप्रति उनको पार्टी माओवादी केन्द्र, नेपालका राजनीतिक दलहरु र समग्र देशवासीले नै दुःख व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहालको जन्म २०११ साल असार २१ गते कास्कीको हेम्जामा भएको थियो । आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको सन्तानका रुपमा जन्मिएकी दाहालको २०२६ सालमा कमरेड प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन् । पार्टी कामका लागि पञ्चायती कालमा लामो समय भूमिगत जिवन विताएकी दाहाल देशमा माओवादी जनयुद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहिन् ।

करिब १० वर्षसम्म चलेको माओवादीको भूमिगत सशस्त्र युद्धका वर्षहरुमा दाहालले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गरेकी थिइन् । पछिल्लो समय उनी पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आएकी थिइन् । हाल भरतपुर महानगरपालिका वडा नं १४ की स्थायीबासीका रुपमा रहेकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरका रुपमा राजनीतिमा सक्रिय छिन् । अर्की छोरी गंगा दाहाल हाल प्रधानमन्त्रीको स्वकीय सचिवको रुप राजनीतिमा सक्रिय छिन् ।र

कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ। उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याएकी छन् । माओवादी सशस्त्र जनयुद्ध हाँक्ने कमान्डर प्रचण्डको जीवनलाई लयमा राख्न समेत एक पत्नीका रुपमा सीता दाहालले कमाण्डरकै भूमिका निर्वाह गरेकी थिइन् । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समपर्ण सीता दाहालका विशेषता हुन् । उनी आफ्ना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनेछिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४