Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई प्रेम आलेको प्रश्न : नक्कली भूटानी शरणार्थीको फिल्म खै ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०८०
  • 2.6K
    SHARES

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले नक्कली भूटानी शरणार्थीबारे प्रधानमन्त्रीले देखाउने भनेको फिल्म कहिले देखाउने हो भन्दै कटाक्ष गरेका छन् ।

आबातबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई किन पक्राउ गर्न नसकिएको भन्दै प्रश्न गरेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भूटानी शरणार्थी प्रकरणमा फिल्म देखाउने भने पनि अहिलेसम्म शुरु हुन नसकेको बताए । उनले फिल्म कहिले लाग्ने हो भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले वाइडबडी प्रकरणलाई अघि बढाउन आवश्यक रहेको बताए ।

उनले भने,हाम्रो राजन केसीले भन्नुभयो, वाइडबडीको कुरा हामीले अघि बढायौँ, त्यो केही पनि भएन, डेयडकेट लाइनको कुरा उठायौँ त्यो पनि केही भएन, १२ अर्ब तिर्न बाँकी थियो, त्यो पनि केही भएन,लेखा समितिले रातदिन मेहनत गर्ने तर त्यो बालुवामा पानी खन्याएजस्तै हुने, त्यसैले यो सरोकारवाला व्यक्तिलाई हामी बालाऔँ, अख्तियारको प्रमुखलाई पनि बोलाऔँ, बोलाएर छलफल गरौँ ।

हामी यहाँ मेहनत गरी उपसमिति बनाएर छलफल गर्छौं, तर पछि गएर टाउकेहरु मिलेर यसलाई १० दिनमा फाल्ने काम हुन्छ । हामीले १० दिनमा फाल्ने की यसलाई कार्यान्वयन गर्ने ? जनताले यही प्रश्न गरिरहेका छन् । चाहे त्यो भूटानी शरणार्थीको कुरा गरौँ, केही माछा त गए, प्रधानमन्त्रीज्युले फिल्म देखाउँछु भन्नुभयो, यो ट्रेलर भन्नुभयो, फिल्म नै शुरु भएको छैन, अहिलेसम्म । त्यो फिल्म कहिले लाग्ने हो भनेर सोध्नुपर्ने आवश्यकता मैले देख्दछु ।

सांसद आलेले समितिका निर्देशनहरु कार्यान्वयन नहुने हो भने समितिको बैठक बसिरहनुको औचित्य नरहेको जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४