Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकार यसरी नै चलिरहे ०८४ मा जोसँग मिले पनि कांग्रेसले जित्दैन : प्रदीप पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार २३ २०८०
  • 2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि नेपाली कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन् । शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेस सरकार भएको ठाउँमा राम्रो काम गरे बहुमत ल्याउन सकिने बताएका हुन्  ।

हामीले अहिले सरकारमा रहेका ठाउँमा जनताको निम्ति काम गरेर देखायौं भने २०८४ को चुनावमा जो जो नयाँ आएपनि हामीलाई कसैले केही गर्न सक्दैन । सरकार यसरी नै चलिरहने हो भने ८४ मा जो जोसँग मिलेपनि हामीले चुनाव जित्न सक्दैनौं’ पौडेलले भनेका छन्  ।

उनले नेपाली कांग्रेस जुन जुन सरकारमा छ त्यहाँ सुशासनको पक्षमा, भ्रष्टाचारको विपक्षमा काम गर्ने र नागरिकको पक्षमा काम गर्न चाहेको छ भन्ने सन्देश दिनुपर्ने बताएका छन्  । नेता पौडेलले सामाजिक सञ्जालमा रिस उठ्दैमा पार्टीका लागि र पार्टीका नेताका बारेमा नराम्रो नलेख्न आग्रह समेत गरेका छन्  ।

‘रिस उठ्छ लेख्नुहुन्छ, भोलिपल्ट मेट्नुहुन्छ । हामीले जान्न के प¥यो भने त्यो रातभरमा थुप्रैले स्क्रिन सर्ट गरेर राखिसक्छन् । हामी त अनि महत्वकांक्षी छौँ, आकांक्षा छ, चुनाव आउँछ, प्रतिस्पर्धामा उत्रिन्छौँ । यस्तो लेख्ने साथी पदका लागि आकांक्षा प्रस्तुत गर्नुहुन्छ, अर्कोले स्क्रिन सर्ट गरेर अर्को प्रतिस्पर्धीले देखाइदिन्छ, त्यसैले आफ्नै विरुद्ध प्रमाण जुटाउने काम नगरौँ, सकेसम्म पार्टीको पक्षमा, पार्टीका नेताको पक्षमा लेखौं’ पौडेलले भनेका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४