Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललिता निवास जग्गा काण्डमा पक्राउ परेका ९ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १९ २०८०
  • 1.7K
    SHARES

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा काण्डमा पक्राउ परेका अभियुक्त ९ जनालाई थप ७ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला अदालतले अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न मंगलबार म्याद थपिदिएको हो । उक्त काण्डमा १२ असारदेखि यता प्रहरीले ९ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सरकारी लिखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले १२ असारमा भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोतका पूर्वकर्मचारी धर्मनाथ गौतम, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह र मालपोतका पूर्वकर्मचारी गोपाल कार्कीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ ।

त्यसपछि प्रहरीले आइतबार काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो । सोमबार रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो।

यसअघि १३ गते ७ दिन हिरासतमा राख्न अदालतले १३ असारमा अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४