Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अक्षयकुमारले रितेश देशमुखसँगै घोषणा गरे ‘हाउसफुल ५’, २०२४ को तिहारमा रिलिज हुने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १७ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले ‘हाउसफुल ५’ को रिलिज मिति घोषणा गरेका छन् । शुक्रबार इन्स्टाग्राम ह्यान्डलमा फिल्मको पोस्टर सेयर गर्दै उनले यो जानकारी दिएका हुन् । तर बलिउडमा ‘खिलाडी’को रुपमा चर्चित उनले यो फिल्मको कास्टको बारेमा कुनै जानकारी भने दिएका छैनन् ।

अक्षय र रितेश देशमुख पहिलो भागदेखि नै हाउसफुल फ्रेन्चाइजीको हिस्सा थिए । फिल्मको यो भागमा पनि दुवै छन् । फिल्मको घोषणा गर्दै अक्षय लेख्छन्, ‘पाँच पटकको पागलपनका लागि तयार हुनुहोस् । तपाईं सबैको लागि यो ल्याउँदै । दीपावली २०२४ मा सिनेमाघरमा भेटौंला ।’

अक्षयको लागि उनको हाउसफुल फ्रेन्चाइजी निकै सफल भएको छ । यस्तो अवस्थामा यो घोषणालाई लिएर फ्यान निकै उत्साहित छन् । एक फ्यानले कमेन्ट सेक्सनमा लेखेका छन्, ‘कमेडी किङ इज ब्याक ।’ अर्का फ्यानले लेखेका छन्, ‘हेराफेरी ३ लाई के भयो ?’ तेस्रो फ्यानले लेखेका छन्, ‘अक्षय कुमार आफ्नो फर्ममा फर्किंदै छन् ।’

अक्षय र रितेश हाउसफुल फ्रेन्चाइजको पहिलो भागदेखि नै फिल्मको हिस्सा हुन् । पहिलो र दोस्रो भागलाई साजिद खानले निर्देशन गरेका थिए । तेस्रो भागलाई साजिद–फरहादले मिलेर निर्देशन गरेका थिए । चौथो भाग फरहाद सामजीले मात्र निर्देशन गरेका थिए । पाँचौं भागलाई तरुण मनसुखानीले निर्देशन गर्ने भएका छन् ।

हाउसफुल फ्रेन्चाइजीका चार फिल्ममध्ये पछिल्लो ‘हाउसफुल ४’ ले सर्वाधिक २९१.०८ करोड भारु कमाएको थियो । तेस्रोले १९४, दोस्रोले १७९ र पहिलोले १२९ करोड भारुको कमाइ गरेका थिए । अक्षय पछिल्लो पटक कमेडी फिल्म ‘सेल्फी’मा देखिएका थिए तर यो फिल्म बक्स अफिसमा असफल भयो ।

अक्षय टाइगर श्राफ र सोनाक्षी सिन्हासँगै फिल्म ’ओ माइ गड २’ र एक्सन थ्रिलर ’बडे मियाँ छोटे मियाँ’ मा पनि देखिंदैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४