Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बाँकेका मुस्लिम समुदायले सामूहिक नमाज पढेर मनाए बकर इद


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १४ २०८०
  • 4.3K
    SHARES

काठमाडौँ  । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व इदउल अजहा (बकर इद) देशैभर मनाइएको छ । नेपालगन्जका मुस्लिम धर्मावलम्बीले पनि सामूहिक नमाज पढेर बकर इद मनाएका छन् ।

आज नेपालगन्जस्थित इदगाहमा मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर बकर इद मनाएका हुन् । सोही अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सद्भाव कायम राख्दै इदगाहमा इद मनाइरहेका मुस्लिम धर्मावलम्बीलाई शुभकामना व्यक्त गरेका थिए । नगरप्रमुख विष्टले नेपालगन्ज सद्भावको सहर भएको हुनाले यहाँ सबै धर्मावलम्बीले एक–अर्काको पर्वलाई सम्मान गर्नुपर्ने बताए ।

‘हामी सद्भावको सहरका नागरिक हौँ, यस अर्थमा हामीले एक–अर्काको धर्म र पर्व दुवैलाई सम्मान गर्न आवश्यक छ’, उनले भने, ‘मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो पर्व इदउल अजहा (बकर इद)को अवसरमा भाइचारको नाताले बाँकेवासी सम्पूर्ण मुस्लिम धर्मावलम्बीलाई धेरै–धेरै शुभकामना छ।’

बकर इदको अवसरमा नगर उपप्रमुख कमरुद्दिन राईले पनि मुस्लिम धर्मावलम्बीलाई इदको शुभकामना व्यक्त गरेका थिए। सोही अवसरमा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पनि इदको शुभकामना व्यक्त गरेका थिए। नेपालगन्जस्थित इदगाहमा केहीले इदगाहभित्रै त केहीले ठाउँ अपुग भएर इदगाह बाहिर सडकमै सामूहिक नमाज पढेर इद मनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४