Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बजेट पारित गर्ने बैठकमा कांग्रेसका पाँच सांसद अनुपस्थित


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार १३ २०८०
  • 3.3K
    SHARES

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने संसद बैठकमा नेपाली कांग्रेसका पाँच सांसद अनुपस्थित भएका छन् ।

बुधबार संसदमा बजेटको पक्ष र विपक्षमा मतदान भएको थियो । विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १४७ मत खसेको थियो ।

कांग्रेसबाट रक्षामन्त्री समेत रहेका पार्टी उपसभापति पूर्णबहादुर खड्का उपस्थित हुन सकेनन् । खड्का गैर आवासीय नेपाली संघको कार्यक्रममा लागि ओमान गएका छन् ।

कांग्रेसबाट संसदमा उपस्थित हुन नसक्ने अन्यमा आरजु राणा, विष्णुबहादुर कार्की, मनोरमा शेरचन र वीरबहादुर बलायर छन् ।

राणा दुई दिनअघि उपचारका लागि जापान गएकी छन् । कार्की भारत गएका कारण उपस्थित हुन सकेनन् । शेरचन विरामी रहेको र बलायर परिवारमा एक सदस्य गुमेकाले उपस्थित हुन सकेनन् । कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बन परेका छन् ।

प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विपक्षमा मतदान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४