Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘परस्त्री’को लिरिकल भिडियो गीत सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८०
  • 2.5K
    SHARES

काठमाडौं । आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र परस्त्रीको लिरिकल भिडियो गीत सार्वजनिक गरिएको छ ।

चलचित्रकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिको सार्वजनिक गीतले सिनेमाको कथाको बारेमा प्रस्ट्याउने निर्माण टिमको भनाई छ ।

‘जीवन भनेको’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ । केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । डिएस डिजिटलको व्यानरमा निर्माण भएको सिनेमा नेपाली र हिन्दीमा रिलिज हुने छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको चलचित्रमा निरज कँडेल छायांकन गरेका हुन् । सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् । पोस्टर रिलिजसँगै चर्चामा रहेकको सिनेमाको सार्वजनिक गीत र ट्रेलरले पनि दर्शकको मन जितेका छन् । थ्रिलर जनरामा निर्माण भएको सिनेमालाई जिजिए ग्रुप र डिसिएनले वितरण गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४