काठमाडौं । जित नजिक पुगेको नेदरल्याण्ड्सले २ विकेट गुमाएको छ। नेपालका सन्दीप लामिछानेले दुवै विकेट लिएका हुन् । ४३ बल खेलेर ३० रन बटुलेका विक्रमजित सिंहलाई १३ औं ओभरमा सन्दीपले एलबीडब्लु धरापमा पारे।
त्यसपछि आएका वेस्ली वरेस्सीलाई पनि सन्दीपले नै क्याचआउट गराए। बरेसी ३ रनमै आउट भए ।
२ विकेट गुमाए पनि नेदरल्याण्ड्स जित नजिक पुगेको छ। यसअघि नेपालले १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ। उक्त लक्ष्य भेट्न अब नेदरल्याण्ड्सलाई ३५ ओभरमा ७१ रन आबश्यक छ।
१५ ओभरको खेल सकिँदा नेदरल्याण्ड्ले २ विकेटको क्षतिमा ९७ रन जोडेको छ ।