Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई भारतको चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ९ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ ।

बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । नेपाल आज भारतलाई हराएर पहिलो जित निकाल्ने दाउमा रहेको छ । भारत भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । नेपाल साविक उपविजेता हो भने भारत विजेता ।

पहिलो खेल नेपाल कुवेतसँग ३–१ ले पराजित भएको थियो । भारतले पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । सेमिफाइनल यात्रा जीवित राख्न नेपाललाई जित्नै पर्ने हुन्छ । भारत ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

भारत नेपाललाई हराएर सेमिफाइनलको यात्रा पक्का गर्ने दाउमा छ । नेपालले हालसम्म भारतसँग २३ खेल खेलेको छ । जसमा भारतले १६ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा १२ असारमा पाकिस्तानविरुद्ध खेल्नेछ । साफ च्याम्पियनसिप फुटबलको जारी संस्करणमा ८ राष्ट्रको सहभागिता रहेको छ ।

घरेलु टोली भारत नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी मानिन्छ । विश्व फुटबल महासंघ (फिफा) को वरीयतामा पनि भारत नेपालभन्दा निकै अगाडि छ । पछिल्लो फिफा वरीयतामा भारत १०१औँ स्थानमा छ भने नेपाल १७४औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४