Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जसपाको केन्द्रीय समितिको बैठक बस्दै, विधान मस्यौदा अनुमोदन गरिने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ९ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । सत्तारुढ दल मध्येको एक जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज (शनिबार) बस्दैछ ।

भोलिदेखि सुरु हुने बिधान अधिवेशनको तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो । जसपाको भोलिलेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा बिधानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको जसपाका नेता एवं प्रवक्ता मनिस सुमनले जानकारी दिनु भयो । केन्द्रीय समितिको बैठक ११ बजे बुद्धनगर स्थित एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

बैठकले केन्द्रीय समितिवाट बिधान मस्यौदा पारित गरेपछि बिधान अधिवेशनमा प्रस्तुत हुनेछ । बिधान अधिवेशनमा जसपाका केन्द्रीय कमिटीका सदस्य, प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायत देशभरी तथा प्रवाससमेत गरी ८ सयजना प्रतिनिधिहरु सहभागी हुनेछन् । बिधान अधिवेशन मार्फत अध्यक्ष उपेन्द्र यादव एकल नेतृत्वमा फर्कने योजनामा रहनु भएको छ ।

संघीय परिषद् खारेज गरेर एकल नेतृत्वमा फर्कने गरी यादवले विधान प्रस्तुत गर्न लाग्नु भएको छ । जसपामा यस अघि संघीय परिषद् अध्यक्ष र पार्टीको कार्यकारिणी समिति अध्यक्ष गरी दुईजना अध्यक्ष रहने ब्यवस्था थरिएको थियो । तीन वर्षअगाडि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भई जसपा गठन हुँदा नेताहरूलाई व्यवस्थापन गर्न दुई अध्यक्षको व्यवस्था गरिएको थियो।

जसपा विभाजनपछि कार्यकारिणी अध्यक्ष यादवले बेलाबेलामा एकजना मात्र अध्यक्ष राख्नुपर्ने धारणा राख्दै आउनु भएको छ । बिधान मस्यौदाको संयोजक अध्यक्ष यादवनै रहनु भएको छ । जसपाका कतिपय नेताहरुले भने संघीय परिषद राख्दा फरक नपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४