Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कक्षाकोठामा लामो समय पिसाब च्यापेर बस्दा कस्तो समस्या हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ७ २०८०
  • 2.4K
    SHARES

वयस्कको तुलनामा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले उनीहरू सजिलै धेरै रोग वा संक्रमणको सिकार हुन्छन् । अझ विशेषगरी स्कुले बालबालिका कम पानी पिउने गर्छन् र कक्षाकोठामा लामो समय पिसाब रोकेर बस्छन् । यसरी लामो समय पिसाब रोकेर बस्दा केही नकारात्मक असर पो गर्छ कि ?

बालबालिकाले लामो समय पिसाबको रोकेर बस्दा उनीहरुमा पिसाबको संक्रमण हुन सक्छ । हाम्रो पिसाबथैली बेलुनजस्तो हुन्छ । पिसाबथैली लामो समय फुलेर बस्यो भने त्यसको लचकता कम हुन्छ । जसले पिसाबथैली कमजोर हुने सम्भावना हुन्छ । पिसाबथैली कमजोर भयो भने पिसाब गर्दा राम्ररी ननिख्रिने समस्या हुन सक्छ । कोहीकोहीमा लामो समय पिसाब रोक्दा पिसाब चुहिने सम्भावना हुन्छ ।

सामान्यतया मिर्गौलाबाट आउने नलीबाट पिसाबथैलीमा आएको पिसाब फेरि युरेटरमा फिर्ता जाँदैन । तर कोही बच्चामा ‘रिफ्लेक्स डिजिज’ पिसाबथैलीको पिसाब पनि मूत्रनलीतिर गएर मिर्गौलासम्म पनि जान सक्ने हुन्छ । त्यस्तो ‘रिफ्लेक्स डिजिज’ भएको बच्चाले लामो समय पिसाब रोकेर राख्दा मिर्गौलाकै संक्रमण नै पनि हुन सक्छ ।

लामो समय पिसाब रोकेर बस्दा बालबालिकामा शारीरिक समस्या मात्र होइन, मानसिक समस्या पनि हुन्छ । पिसाब रोकेर बसिरहँदा कक्षामै पिसाब चुहियो भने के गर्ने भन्ने चिन्ता । कक्षाको बीचमा पिसाब फेर्न जान नपारोस् भनेर पानी कम खाने समेत गर्छन् । कुपोषण भएको बच्चाले पिसाब रोकेर बस्दा त झन् पिसाबथैलीमा ढुङ्गा हुने जोखिम समेत हुन्छ ।

  • पिसाब कति अवधिमा फेर्नुपर्छ

सामान्यता दुई घण्टाको अन्तरमा पिसाब फेर्नुपर्छ । दिनमा आठदेखि १० पटकसम्म पिसाब फेर्नु पनि सामान्य हो । दुई घण्टाभन्दा अघि छिटोछिटो पिसाब फेर्न दौडिरहनुपर्ने पनि राम्रो होइन र दुई घण्टा भन्दा लामो समयसम्म पिसाब नफेर्नाले पनि विभिन्न समस्या निम्तिन सक्छ ।

कुनै अवस्थामा पिसाब फेर्न सम्भव नै भएन भने पनि तीन घण्टाभन्दा बढी पिसाब रोकेर बस्नु हुँदैन । पिसाबथैली भरिएपछि मिर्गौलाले नै पिसाब कम बनाउन थाल्छ । त्यसैले लामो समय रोकेर बस्दा मिर्गौलामा समस्या निम्तिन सक्छ ।

पिसाब रोक्ने बानीले पिसाबको संक्रमण बारम्बार भइरहन सक्छ । लामो समय र बारम्बार पिसाब रोक्ने बानीले पिसाबथैली कमजोर हुने, मूत्रनलीमा ढुङ्गा बन्ने समस्या पनि हुन सक्छ । साथै पिसाब रोक्ने बानीले दीर्घकालीन रूपमा मिर्गौलाको समस्या नै निम्तिन सक्छ । बच्चाले उपयुक्त मात्रामा पानी पिउने र उपयुक्त समयमा पिसाब फेर्नुपर्छ । त्यसैले यो कुरामा अभिभावकले विशेष ध्यान दिनुपर्छ ।

  • पिसाब पोल्ने अन्य कारण

वयस्कको तुलनामा बालबालिकामा पिसाब पोल्ने समस्या अलि कम हुन्छ । तर पानी कम खाएर शरीरमा पिसाब नै कम बनेर, पिसाब लामो समय रोकेर संक्रमण भएर तथा पिसाबनलीमा ढुङ्गा भएर बच्चामा पिसाब पोल्ने समस्या हुन्छ । पिसाब पोल्ने समस्याबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्छ ।

-प्रशस्त मात्रामा पानी पिउने

-लामो समय पिसाब रोकेर नबस्ने

-व्यक्तिगत स्वच्छतामा ध्यान दिने

-शौचालयको सरसफाइमा ध्यान दिने

-विद्यालयमा पनि बच्चालाई समय समयमा शौचालय पठाउने

-बच्चालाई प्रशस्त मात्रामा पानी पिउनुको महत्त्व सिकाउने

-महिनावारी सुरु हुने उमेरका बालिकालाई विद्यालयमा महिनावारी स्वच्छताको बारेमा सिकाउने । किनकि महिनावारी स्वच्छतामा ध्यान नदिंदा पनि पिसाबको संक्रमण हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४