Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप क्वालिफायर : नेपाल आज पहिलो पटक विश्वविजेता वेस्टइन्डिजको सामना गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ७ २०८०
  • 3.8K
    SHARES

काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने भएको छ । नेपाल पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो ।

विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । वेस्टइन्डिज नेपालले प्रतिस्पर्धा गर्ने इतिहासकै सबैभन्दा ठूलो स्तरको टोली समेत हो ।

एकदिवसीय विश्वकप वेस्टइन्डिज, भारत, अष्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले जितेका छन् । यी विश्वकप विजेता मध्य वेस्टइन्डिजसँग नेपालले खेल्न लागेको हो । अन्य टोलीसँग हालसम्म खेलेको छैन ।

आगमी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग पनि खेल्दैछ । वेस्टइन्डिजले विश्वकप सन् १९७५ र १९७९ मा जितेको थियो । टि२० विश्वकप भने वेस्टइन्डिजले २०१२ र २०१६ मा जितेको थियो ।

नेपालले आइतबार पहिलो पटक टेस्टराष्ट्र जिम्बावेसँग खेलेको थियो। जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भयो । नेपाल टि२० मा भने आयरल्यान्ड, बंगलादेश, अफगानिस्तान र जिम्बावेसँग खेलिसकेको छ ।

ओडिआई वरियतामा वेस्टइन्डिज १० औं र नेपाल १४ औं स्थानमा छन् । त्यस्तै टि२० आई वरियतामा नेपाल १७ औं र वेस्टइन्डिज ७ औं स्थानमा छन् ।

पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ । वेष्टइन्डिजलाई पराजित गरे नेपाल सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुन्छ । वेष्टइन्डिजले पनि अमेरिकालाई पराजित गरेको छ ।

नेपालले अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड पनि जिम्बावेसँग पराजित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४