Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं गोलीकाण्ड : थप एक जना धरानबाट पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ६ २०८०
  • 2K
    SHARES

काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंसँग भएको मुठभेडमा गोली लागेर घाइते भएका भारतीय नागरिक विकास भगतसँग सम्बन्ध देखिएका एक जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ ।

ब्यूरोका एसपी चक्रराज जोशीका अनुसार धरानको भानु चोकस्थित सब्जीमण्डीबाट प्रहरीले राम भजनलाई पक्राउ गरेको हो । उनका अनुसार भारतीय नागरिक भगत जोगवनी नाकाबाट नेपालमा लागूऔषध ब्राउन सुगर भित्र्याउने नाइके हुन् ।

लामो समयदेखि सर्भिलेन्स गरिरहेका थियौं, २९ जेठमा उनी काठमाडौं आएका बेला पछ्याउँदै जाँदा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको थियो’, जोशीले भने, ‘हाल उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् ।

उपचारमा भएकाले प्रहरीले अदालतबाट म्याद लिन पाएको छैन । औपचारिक बयान पनि भएको छैन । तर, अनौपचारिक सोधपुछका आधारमा प्रहरीले छानबिन जारी राखेको छ ।

त्यही क्रममा लागूऔषध कारोबारमा भगतका सहयोगीमाथि पनि प्रहरीले नजर राखेको छ । ‘भगतको लागूऔषध गिरोहका एक सदस्य रहेको खुलेपछि भजनलाई धरानबाट पक्राउ गरेर काठमाडौं ल्याउँदैछौं’, जोशीले भने ।

धरानबाट विराटनगर हुँदै काठमाडौं आएका भगतलाई प्रहरीले २८ जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्किने वित्तिकैदेखि पिछा गरेको थियो । प्रहरी अधिकृतहरुका अनुसार भगत लागूऔषध लिएर आएको सूचना थियो ।

त्यसक्रममा उनी विमानस्थल पछाडि पीपलबोटको बायाँतर्फबाट गौशाला जाने बाटोतिर गएका थिए । त्यहाँको एक होटलमा प्रवेश गर्ने वित्तिकै प्रहरी पनि भित्र छिरेको थियो । त्यसक्रममा प्रहरीसँग घम्साघम्सी भएको अधिकृतहरु बताउँछन् ।

‘त्यसदिन घटनास्थलबाट १०० ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको थियो, उनको बयान लिएर थप नेक्ससबारे छानबिन जारी छ’, जोशी थप्छन् ।

लागूऔषधको मुद्दामा प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ । लामो समयदेखि धरानमा बस्दै आएका भगत त्यहाँ तरकारी पसल सञ्चालन गर्थे । त्यही पसलको आवरणमा उनले सञ्जाल नै खडा गरेर लागूऔषध विक्री वितरण गर्ने गरेको प्रहरी दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४