Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार ६ २०८०
  • 3.2K
    SHARES

काठमाडौँ । मंगलबार जीप दुर्घटनामा परेर निधन भएका सुदूर पश्चिमका प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ ।

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन ।आज धनगढी रंगशालामा राखिएको उहाँको शवमा प्रदेशका मन्त्रीहरु, निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्व सभामुख अर्जुनबहादुर थापा, प्रदेश सभा सदस्यहरु, धनगढीका मेयर गोपाल हमाल, उपमेयर कन्दकला राना, आफन्त, शुभचिन्तक, राजनीतिक दलका नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली दिए ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१९००१ झ ४८० नम्बरको जीप डडेल्धुराबाट मंगलबार बझाङ जाँदै गर्दा बझाङकै केदारस्युँ गाउँपालिकामा दिउँसो २ बजे दुर्घटनामा परेको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहका अनुसार मन्त्री सिंहको पार्थिव शरीर दाहसंकारका लागि आजै नेपाली सेनाको हेलिकोप्टरबाट गृह जिल्ला बझाङ लगिदैछ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मंगलबार बझाङमै मृत्यु भएको थियो । मन्त्री सहितका तीनै जनाको दाहसंस्कार शनिबार बझाङमै गरिने कार्यक्रम छ ।
मन्त्री सिंहको असामयिक निधनको शोकमा आज (बुधबार) सुदूर पश्चिम सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४