Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फाइभ नेसन्स बास्केटबल : भुटानविरुद्ध बदला लिँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार ५ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । माल्दिभ्समा जारी फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले आज सेमिफाइनलमा भुटानसँग खेल्दैछ ।

लिग चरणको पहिलो खेलमै भुटानसँग पराजित भएको नेपालका लागि त्यो हारको बदला लिने अवसर छ । नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।

भुटानसँग पराजित भए पनि नेपालले त्यसपछि लगातार तीन खेल जित्दै लिग चरणको शीर्ष स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले ७ अंक जोड्दा भुटानले ६ अंक जोडेर चौथो भएको थियो ।

च्याम्पियनसिपमा लिग चरणमा नेपाल भुटानसँग ६१-५५ ले पराजित भएको थियो । तर त्यसपछि नेपालले पाकिस्तानलाई ६६-६२ ले हराएर पहिलो जित दर्ता गर्‍यो । तेस्रो खेलमा बंगलादेशलाई ९०-६१ को फराकिलो अन्तरले हराएको नेपालले लिगको अन्तिम खेलमा माल्दिभ्सलाई ७५-६८ ले पराजित गरेको थियो ।

लामो यात्रा तय गरेर माल्दिभ्स पुगेकाले पहिलो खेलमा खेलमा थकान हुँदा राम्रो प्रदर्शन हुन नसकेको नेपालका सहायक प्रशिक्षक नृपेश श्रेष्ठले बताए । तर त्यसपछिका खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्दै लगातार तीन खेल जित्यो ।

‘पहिलो म्याचमा थाकेको भएर राम्रो खेल्न सकेन । तर अहिले लगातार तीन खेल जितेपछि नेपालको खेल राम्रो भएको छ,’ श्रेष्ठले माल्दिभ्सबाट भने, ‘टिममा मनोबल उच्च छ । नेपालले पाकिस्तान र बंगलादेशलाई राम्रोसँग हरायो । यी दुवै टिमले भुटानलाई हराए । त्यसैले पनि हामी सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्छौँ । हामी तयार छौँ । भुटान विरुद्ध राम्रो खेल्दै जितेर फाइनल पुग्ने लक्ष्य छ ।’

प्रशिक्षक श्रेष्ठले अबको लक्ष्य उपाधि जित्ने नै रहेको पनि बताए ।

नाडीमा चोट लागेका नेपालका कप्तान सदिश प्रधान सेमिफाइनल पनि खेल्ने सम्भावना कम छ । उनले लिग चरणको तीन खेल खेलेनन् । ‘कप्तान सेमिफाइनल खेल्ने सम्भावना कम छ । फाइनलमा खेल्छ होला । अहिलेलाई रेस्टमा छ,’ सहायक प्रशिक्षक श्रेष्ठले जानकारी दिए । लिग चरणमा नेपालका मनिस केसी र विजय बुर्जाले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपाली टोलीले सोमबार प्रशिक्षण गरेको थियो ।

सन् २०१९ मा घरेलु भूमिमा भएको १३औं दक्षिण एसियाली खेलकुदमा कास्य जितेको नेपाली पुरुष बास्केटबल टिमले पहिलो त्यसयता पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको छ ।

नेपालले त्यसअघि २०१३, २०१५ र २०१६ मा साबा च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

पछिल्लो पटक २०२१ मा बंगलादेशमा भएको साबा च्याम्पियनसिपमा भने नेपाली टोद्यीले सहभागिता जनाएको थिएन ।

मंगलबारै अर्को सेमिफाइनलमा पाकिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल नेपाली समयअनुसार पौने ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४