Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कीर्तिमानी साझेदारीका बाबजुद हार


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ४ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । पछिल्लो समय लगातार सफलता पाइरहेको नेपालले विश्वकप छनोट क्रिकेटमा घरेलु टिम जिम्बाव्वेसँग प्रतिस्पर्धात्मक खेल्यो । तर एसोसिएट राष्ट्रलाई हराउन टेष्ट राष्ट्र जिम्बाव्वेलाई आफ्नो स्तर र अनुभव नै प्रयाप्त भयो । हरारेमा नेपालले दिएको २९१ रनको लक्ष्य पछ्याउने क्रममा क्रेग एर्विन र सेन विलियम्सले उत्कृष्ट ब्याटिङ गर्दै शतक पूरा गरे र घरेलु टोलीलाई ८ विकेटले जिताए ।

१०२ रनमा नट आउट रहेका विलियम्सले ७० बलमा शतक पूरा गरेर जिम्बाव्वेका लागि सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए । एर्विनले १२८ बलमा नट आउट १२१ रन बनाए । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो बेलासम्म नेपाल लयमा थियो । तर जब कुशल शतकका लागि मात्र एक रन कम भएको अवस्थामा आउट भए, नेपाल दबावमा आयो ।

१२ बलपछि अर्का ओपनर शेख ६६ रनमा आउट भए । कुशल मल्ल र रोहित पौडेलले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरेका उनीहरु क्रिजमा रहँदासम्म जिम्बाव्वेमाथि नेपाल हावी थियो । नेपालले ३०० रन पार गर्ने संकेत नेपालले देखाएको थियो ।

तर डेथ ओभरमा नेपाली ब्याटरलाई जिम्बाव्वेका बलरले एक पछि अर्को गर्दै आउट गरे । डेथ ओभर सुरु हुँदासम्म मात्र २ विकेट गुमाएको नेपालले अन्तिम १० ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनायो । ४३.१ ओभरमा पौडेल ३१ र त्यसको २ बलपछि मल्ल ४१ रनमा आउट भए । गुल्सन झा १३, आरिफ शेख १०, दीपेन्द्रसिंह ऐरी ६ तथा भीम सार्की खाता नै नखोली आउट भए ।

अन्तिम ५ ओभरमा नेपालले ३२ रन मात्र जोड्न सक्यो । नेपालको मध्यक्रम ध्वस्त पारेका रिचर्ड नागराभाले ४ विकेट लिए । सुरुवातमा नेपालले दबावमा राखेको स्वीकार गर्दै जिम्बाव्वेका कप्तान एर्विनले भने, ‘नेपालका ओपनरले राम्रो ब्याटिङ गरे ।’ नेपालले ३४० को आँकडा पुर्‍याउन सक्ने देखेको भएपनि बलरहरुले राम्रो बलिङ गर्दै खेललाई आफ्नो पक्षमा पारेको बताए ।

एर्विनले भने जस्तै २९१ रनको लक्ष्य पछ्याएको जिम्बाव्वेले इनिङ अवधिभर कहिल्यै दबाबको महसुस गर्नु परेन । जिम्बाव्वेले ४५ रन बनाउँदा सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाए पनि जिम्बाव्वेलाई त्यसले कुनै असर गरेन ।

ओपनर जोयलर्ड गम्बीलाई २५ रनमा आउट गरेका सोमपालले दोश्रो विकेट लिन सकेनन् ।

आफ्नो पूरै स्पेल १० ओभर बलिङ गरेका स्पीनर सन्दलीप लामिछाने विकेटविहीन भए, उनले ७७ रन दिए । गुल्सन झाले २३.२ ओभरमा वेस्ली मधेभरे ३२ रनमा आउट गरेका थिए । तर उनै गुल्सनले बलिङ गरेको ४४ औं ओभरमा जिम्बाव्वेले १९ रन बटुलेर नेपालसँग स्कोर बराबर गरेको थियो ।

‘हामीले राम्रो सुरुवात गर्न सकेका थिएनौं, क्याच ड्रप भइरहेको थियो, जसले हामी परेका थियौं’ खेल जितेपछि जिम्बाव्वेका कप्तानले भने, ‘तर विकेट निक्कै राम्रो भएकाले २८०/२९० रनको लक्ष्य सजिलै भेट्छौं भन्नेमा थियौं ।

नेपाली टोलीका कप्तान पौडेलले अपेक्षा अनुसार बलिङ गर्न नसकेकै कारण खेल गुमाउनु परेको स्वीकार गरेका छन् । ‘मलाई लागेको छ कि हामीले हाम्रो अपेक्षा अनुसार बलिङ गरेनौं, विशेष गरी मध्य ओभरहरूमा’, उनले भने ।

२८० देखि ३०० सम्मको स्कोर प्रतिस्पर्धात्मक हुने सोचे पनि पछि विकेट हेर्दा आफूहरु १०–१५ रनले पछि पर्‍यौं भन्ने लागेको उनले बताए । कप्तान रोहितले भनेका छन्, ‘सायद ३१० देखि ३१५ सम्म भएको भए प्रतिस्पर्धात्क हुन्थ्यो होला ।

नेपालले पर्सि मंगलबार अमेरिकासँग खेल्ने छ । अमेरिका आफ्नो पहिलो खेलमा वेष्ट इण्डिजसँग ३९ रनले पराजित भएको छ । जिम्बाव्वेसँगको खेल हारे पनि मनोबल उच्च राखेर अमेरिकासँगको खेलको प्रतीक्षामा रहेको कप्तान पौडेलले बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४