Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगनले दोहोर्‍याए- कांग्रेसले सरकार छाड्छ तर आगामी चुनावमा कसैसँग तालमेल गर्दैन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा नेपाली कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताएका छन् । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा-२ को संयुक्त आयोजनामा हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर,नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले स्पष्ट पारेका छन्  । महामन्त्री थापाले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिएका हुन्  । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई मध्यनजर गर्दै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरेका छन्  ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताएका छन्  । उनले नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्नेमा जोड दिएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४