Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अब ह्वाट्सएप र मेसेन्जर एपमा आर्टिफिसियल इन्टेलिजेन्स


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २९ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ  । फेसबुकको मातृ कम्पनी मेटाले आफ्ना सोसल मिडिया प्लाटर्फमहरुलाई आर्टिफिसियल इन्टेलिजेन्सले युक्त बनाउने भएको छ ।

मेटाका सीईओ मार्क जुकरबर्गले कम्पनीको नयाँ एआई टूल्सको एक पूर्ण श्रृंखला सार्वजनिक गरेका छन् । एआई टुल्समा मेसेन्जर तथा ह्वाट्सएपका लागि च्याट जीपीटी जस्तो च्याटबट रहेका छन् जसले फरक-फरक व्यक्तिहरुको प्रयोग गरेर कुराकानी गर्न सक्नेछ ।

अल ह्याण्डस् मिटिंगमा बोल्ने मेटाका अधिकारीहरुले इन्स्टाग्राममा ल्याउन थालिएका नयाँ फिचरका बारेमा पनि बताएका छन् ।

इन्स्टाग्राममा थपिने उक्त नयाँ फिचरले टेक्स्टको माध्यमबाट प्रयोगकर्ताको तस्वीर परिवर्तन गर्न सक्नेछ । साथै एउटा अर्को एआई टूल पनि मेटाले ल्याएको छ जसले मेसेजिङ सेवाहरुका लागि इमोजी स्टिकर तयार पार्न सक्दछ ।

प्रतिस्पर्धी कम्पनीहरु गुगल, माइक्रोसफ्ट तथा स्नापच्याटलगायतले आफ्नै एआई टूल लञ्च गर्ने घोषणा गरिसकेको अवस्थामा आफ्ना तीन अर्ब ८० करोड मासिक सक्रिय प्रयोगकर्ताका लागि मेटाले पनि आफ्नै जेनेरेटिभ एआई टूल तयार पारेको हो ।

मेटाले अहिलेसम्म कुनै पनि उपभोक्तालक्षित जेनेरेटिभ एआई प्रडक्ट ल्याएको छैन । तर गत महिना मेटाले आफूले विज्ञापनदाताहरुको एउटा सानो समूहसँग काम गरिरहेको र त्यसले एआईको उपयोग गर्ने डिभाइसको परीक्षण गर्नका लागि तस्वीरको पृष्ठभूमि तथा उनीहरुको विज्ञापन अभियानका लागि लिखित कपीको भेरिएसन सिर्जना गर्नसक्ने जनाएको थियो ।

मेटाले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स महाशाखाहरुलाई पनि पुनर्गठन गर्दैछ र आफ्ना संरचनालाई आकार दिनका लागि ठूलो रकम खर्च समेत गर्दैछ ।

मेटा सीईओ मार्क जुकरबर्गले कर्मचारीहरुलाई सम्बोधन गर्दै गतवर्ष जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजन्सको क्षेत्रमा भएको प्रगतिले कम्पनीका सबै प्रडक्टहरुमा प्रविधिको निर्माण गर्न सम्भव तुल्याएको बताए ।

मेटाले आफ्ना कर्मचारीहरुका लागि मेटामेट नामक प्रडक्टिभिटी असिस्टेन्टको पनि घोषणा गरेको छ । यसले कम्पनीको आन्तरिक प्रणालीबाट प्राप्त जानकारीको आधारमा प्रश्नहरुको जवाफ दिन तथा कार्य गर्न सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४