Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ताहरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको प्रतिरक्षाका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले वकालतनामा लेखाएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार सुरु भएको थुनछेक बहसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षाका लागि कांग्रेस निकटको प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) को टोलीले तयारी गरेको छ । खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि बहस गर्दैछन् ।

बरिष्ठ अधिवक्ताहरु महादेव यादव, हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, गोपालकृष्ण घिमिरे लगायतले खाँणको पक्षमा बहस गर्नेछन् । त्यसैगरी ललित बस्नेत, डीएलए अध्यक्ष योगेन्द्र अधिकारी लगायत करिव २० भन्दा बढी कानुन व्यवसायीले खाँणको प्रतिरक्षाका लागि बहस गर्न वकालतनामाको फर्म भरेका छन् ।

नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रतिरक्षामा पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमेश बडाल नेतृत्वका कानुन व्यवसायीले बहस गर्नेछन् । सचिव टेकनारायण पाण्डेको प्रतिरक्षाका लागि पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले वकालतनामा भरेका छन् ।

आइतबार जिल्ला अदालतमा थुकछेक बहस सुरु हुँदा कानुन व्यवसायीहरुले वकालतनामा लेखाउने क्रम चलिरहेकाले कानुन व्यवसायीहरुको संख्या बढ्दो छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी पक्षको नेतृत्व जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख एवं सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेले गर्नेछन् । यो मुद्दाको बहसमा सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र तयार पार्ने काममा संलग्न भएका ८ जना सरकारी वकिललाई नै जिम्मेवारी दिएको छ ।

जाहेरीकर्ताहरुको तर्फबाट पनि केही कानुन व्यवसायीहरुले बहस गर्नेछन् । अधिवक्ता स्वागत नेपाल, सुशील शर्मा सापकोटा लगायतले जाहेरी दिने पीडितहरुको तर्फबाट वकालतनामा लेखाएका छन् ।

यो मुद्दामा बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई लगायतले कुनैपनि पक्षबाट बहस नगर्ने भएका हुन् । उनीहरुले ‘व्यस्तताका कारण मुद्दा हेर्ने समय नपाएको’ प्रतिक्रिया दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४