Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘नम्बरी सुन’को प्रिमिएरमा किन गइनन् नम्रता ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । कलाकारका लागि आफ्नो फिल्मको प्रिमिएर सधै प्रतीक्षा रहन्छ । उनीहरूलाई फिल्म अभिनयको सकारात्मक, नकारात्मक प्रतिक्रिया प्रिमिएरबाटै जो मिल्ने गरेको छ ।

जसले उनीहरूलाई पछिको दिनमा अगाडि बढ्न सहयोग पनि गर्छ । शनिबार हेटौंडामा आयोजित ‘नम्बरी सुन’ को प्रिमिएर भने फिल्मकी मुख्य अभिनेत्री नम्रता सापकोटाले मिस गरेकी छन् । उनको अन्य सुटिङ लगायत व्यस्त सेडुल भएर प्रिमिएर मिस भएको भने होइन । निर्माण युनिटसँग आर्थिक लगायत केही कुरोमा मतभेद रहेकोले प्रिमिएरमा उनी सहभागी नभएको हल्ला छ ।

तर बाहिर भएको हल्लामा सत्यता नभएको नम्रता बताउँछिन् । काठमाडौँमै काम भएकोले आफू प्रिमिएरमा सहभागी हुन नपाएको उनको धारणा छ । फिल्मको रिलिज समय अझै धेरै बाँकी छ । अहिले देखिनै समय दिनु उपयुक्त नभएको उनी बताउँछिन् ।

‘हेटौडाको प्रचारमा अलिपछि नै जाऊ भन्ने लाग्यो । काठमाडांैमा काम पनि थियो । हिजो नयाँ गीत पनि रिलिज थियो’, सापकोटाले भनिन् ‘पेमेन्ट पनि अलिअलि बाँकी त छ । त्यो मुख्य कुरो होइन ।’ फिल्मको प्रचारप्रसारमा एक महिना पछि पुरै समय दिने सोच रहेको समेत उनले सुनाइन् ।

‘नम्बरी सुन’ मा नम्रताको अलावा गौरव पहाडी, किरण नेपाली, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती लगायतको अभिनय छ । प्रिमिएरमा गौरव र किरण लगायतको सहभागिता थियो ।

भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन् भने निर्देशक राजु गिरी रहेका छन् । फिल्मले सुनको इतिहास र सुन बनाउने सुनारको पुरानो चलनलाई कथामा उठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४