Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने, एमालेले अवरोध नगर्ने सहमति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १३ २०८०
  • 1.1K
    SHARES

काठमाडौं । सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत थियो ।

तीन दलका शीर्ष नेताहरूको बैठकमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको छ । यसका साथै नेकपा एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति भएको छ ।

संसद सुचारु गराउन ठूला तीन दलका नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री पुष्कपकमल दाहालले संसदमा सम्बोधन गर्ने र सांसद दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४