Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १२ २०८०
  • 1.2K
    SHARES

काठमाडौँ । आजको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन् । गत जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उठेका जिज्ञासाबारे प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको बैठकमा जवाफ दिन लागेका हुन् ।

राष्ट्रिय सभाको बैठकमा जवाफ दिइसकेका प्रचण्डले आज प्रतिनिधि सभाको बैठकमा जवाफ दिइसकेसँगै १५ गते सोमबार संघीय सरकारले वार्षिक बजेट सार्वजनिक गर्नेछ । गत जेठ ७ गतेदेखि नै सांसदहरूले सरकारको नीति तथा कार्यक्रमका बारेमा आफ्नो धारणा राखिसकेका छन् ।

प्रतिपक्षले नीति तथा कार्यक्रम पुनः लेख्नुपर्ने तथा सत्तापक्षले नीति तथा कार्यक्रममा सबै कुरा समेटिएको भनेर प्रशंसा गर्ने बाहेक धेरैजसोले खासै विचार नराखेको भए पनि केही विचार भने कडा आएका छन् ।

पुरानै ढर्राको निरन्तरतालाई बन्द गर्दै अबदेखि नीति तथा कार्यक्रम बढीमा पाँच पृष्ठमा समेटेर त्यसलाई नै आधार बनाएर वैशाख र जेठमा घनिभूत छलफल गरी त्यसबाट निस्केको निचोडबाट आर्थिक वर्षको बजेट बनाउन जोड दिइएको छ ।

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले क्यानाडा, बेलायत लगायतका देशमा यसको राम्रो अभ्यास रहेको भन्दै आफूहरूले पनि आगामी वर्षदेखि सोहीअनुसार गर्नुपर्नेमा उनले जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुअघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । आजको संसद् बैठक बिहान ११ बजे सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४