Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओ पदमा विज्ञापन खुल्यो”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन खुलेको छ । सीईओ पदका लागि दरखास्त दिने म्याद आजदेखि १५ दिनको समय छ । ऊर्जा मन्त्रालयका सचिव अध्यक्ष हुने यो कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनुपर्दछ ।

साथै इन्जिनियरिङ विषयमा स्नातक पछि जलविद्युत क्षेत्रमा कम्तीमा चार वर्षको कार्य अनुभव र अन्य पूर्वाधार क्षेत्रको कम्तीमा दुई वर्षको कार्य अनुभवसहित मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धत प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ । त्यस्ता व्यक्ति ४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको पनि हुनुपर्दछ । योग्यता पुगेका नेपाली नागरिकले दरखास्तसँगै आफ्नो बायोडाटा र व्यवसायिक रणनीति कार्ययोजना समेत बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले चार वर्षको हुन्छ । जलविद्युत आयोजनाहरु निर्माण गर्ने एकमात्र उद्देश्य राखेर विद्युत् उत्पादन कम्पनी लिमिटेड २०७३ मंसिर ५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा विधिवत दर्ता भएको थियो । यो कम्पनीमा २० प्रतिशत संस्थापक सेयर ऊर्जा मन्त्रालयको छ ।

विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र नेपाल टेलिकमको १०-१० प्रतिशत तथा अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको ५-५ प्रतिशत संस्थापक सेयर छ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले ५ र राष्ट्रिय बीमा संस्थानले २ प्रतिशत सेयर लगानी गरेका छन् ।

कम्पनीमा २९ प्रतिशत सेयर नेपाली नागरिकको छ । जसमध्ये सर्वसाधारणलाई १७, आयोजना प्रभावित जिल्लाका बासिन्दालाई १० र अति विपन्न परिवारलाई २ प्रतिशत सेयर दिइएको छ । यसको सञ्चालक समितिमा ऊर्जा मन्त्रालयले मनोनयन गर्ने २ जना र अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट आलोपालो गरी १ जना, संस्थापक सेयरधनीहरु २ जना, सर्वसाधारण सेयरधनीहरु मध्येबाट २ जना र जलविद्युत विशेषज्ञ तथा वित्त विशेषज्ञ गरी २ जना रहने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४