Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आकाश माडवालको सानदार बलिङमा लखनउलाई हराउँदै मुम्बई क्वालिफायर टु मा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । आकाश माडवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायनट्सलाई ८१ रनले पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को क्वालिफायर टु मा प्रवेश गरेको छ ।

बुधबार चेन्नाइमा भएको खेलमा मुम्बइले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ आकाशको घातक बिङपछि १६.३ ओभरमै १०१ रनमा अलआउट भयो ।

आकाश माडवालले ३.३ ओभरमा पाँच रन मात्र खर्चेर पाँच विकेट लिए । क्रिस जोर्डन र पियुष चावलाले समान एक विकेट लिए । लखनउका लागि मार्कुस स्टोइनिसले २७ बलमा सर्वाधिक ४० रन बनाउँदा कायल मेयर्सले १८ र दिपक हुडाले १५ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो । मुम्बइका लागि क्यामरुन ग्रीनले २३ बलमा सर्वाधिक ४१ रन बनाए । सूर्यकुमार यादवले २० बलमा ३३ रन जोड्दा तिलक बर्माले २२ बलमा २६ रन बनाए ।

पहिलो इनिङ्समै इम्प्याक्ट प्लेअरको रुपमा आएका नेहाल वाडेराले आक्रमक ब्याटिङ गर्दै १२ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन जोडे । लखनउका लागि नवीन उल हकले ४ र यश ठाकुरले तीन विकेट लिए । चार ओभर बलिङ गर्दा नवीन उलहकले ३८ र यश ठाकुरले ३४ रन खर्चिए ।

मुम्बइले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटन्ससँग खेल्नेछ । लिगमा पहिलो स्थानमा रहेको साविक विजेता गुजरात पहिलो क्वालिफायरमा चेन्नाइ सुपर किंग्ससँग १५ रनले पराजित भएको थियो ।

लिगमा शीर्ष दुईमा रहेकोले गुजरातले फाइनल पुग्नका लागि अर्को अवसर पनि पाएको छ । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बइसँग आउने शुक्रबार घरेलु मैदान नरेन्द्र मोदी स्टेडियममा खेल्नेछ । यस खेलको विजेताले आगामी आइतबार सोही स्टेडियममा उपाधिका लागि चेन्नाइसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४