Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिमाथि छानविन नगरेकाे भन्दै नागरिक अगुवाहरुको आपत्ति


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका शंकास्पद ब्यक्तिहरुमाथि अनुसन्धान नगरिएकोप्रति नागरिक अगुवाहरुले आपत्ति जनाएका छन् ।

पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा, पूर्व न्यायाधीश बलराम केसी, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेल र संस्कृतिविद् त्रिरत्न मानन्धरले बिहीबार विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरुको बयानमा मुछिएकाहरुमाथि अनुसन्धान अघि नबढाई मुद्धा दर्ता गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

विगतका ठूला भ्रष्टाचार काण्डहरुमा झैं यस पटक पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर गरिएको पनि उनीहरुले बताएका छन् । ‘अनुसन्धानको क्रममा मुछिएका शंकास्पद केहीलाई अनुसन्धानमै नल्याइ विगतका अरू भ्रष्टाचार काण्डमा झैं यसमा पनि दण्डहीनता हावी हुनेगरी मुद्दा दायर हुन लागेको प्रति हाम्रो गम्भीर आपत्ति छ । विज्ञप्तिमा भनिएको छ ।

उक्त प्रकरणमा मुछिएको प्रमाण देखिएका वा देखिन सक्ने कसैलाई पनि कठघरामा उभ्याउन सरकार नचुकोस् भन्ने माग पनि उनीहरुले गरको छन् । त्यसो हुन नसके आम नागरिकको आक्रोश चुलिने र त्यसले गम्भीर दूर्घटना निम्त्याउने भन्दै नागरिक अगुवाहरुले त्यसका लागि तयार रहन पनि चेतावनी दिएका छन् ।

नक्कली शरणार्थी प्रकरणमा बुधबार ३० जनाविरूद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते, राज्यविरूद्धको अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गरिएको छ ।

पक्राउ परेकाहरुको बयानले उक्त प्रकरणमा उच्च राजनीतिक, प्रशासनिक र प्रहरी नेतृत्व समेत संलग्न रहेको देखाएको छ । तर, उनीहरुलाई सामान्य सोधपुछ समेत नगरी छाड्ने प्रपञ्च भईरहेको आशंका ब्यापक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४