Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीलाई रविको कटाक्ष : तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पताल जाने ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ १० २०८०
  • 1.4K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैसँग बयान लिनुपर्ने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा रास्वपा सभापति लामिछानेले तीन पार्टी बसेर खासखुस गरेको गन्ध संसदसम्म आएको बताएका छन्  । त्यसलाई रोक्नुपर्ने भन्दै उनले भने, ‘कसैको नाम आएपछि हिलो लाग्छ भनेर रेड कार्पेट ओछ्याइदिनुस्, तर प्रहरी कार्यालयमा लगेर बयान लिनुपर्छ ।

एकाएक वेपत्ता भएका व्यक्ति बयान सकिएपछि संसदमा देखिएको र मिडियामा तामातुलसी गर्दै कसम खाएको दृश्य देखिएको उनले बताएका छन्  । यो प्रकरणमा जस्ता–जस्ता मान्छेको नाम क्रमशः आउँदैछ, उनीहरुलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको उनले बताएका हुन्  ।

प्रधानमन्त्रीले मुटु कमाउँदिनँ भनेपनि त्यस्तो नदेखिएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीजी, अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने हो भन्नुस् । काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४