Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मधेश सरकारमा कांग्रेस सहभागी, कृष्ण र वीरेन्द्र बने मन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ९ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । मधेश सरकारमा आज नेपाली कांग्रेस दुई मन्त्रालय लिएर सहभागी हुँदैछ ।

भौतिक पूर्वाधार विकास मन्त्रीमा नेपाली कांग्रेसका मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादव र स्वास्थ्य मन्त्रीमा वीरेन्द्रकुमार सिंह नियुक्त भएका छन् । यादव मधेश प्रदेश नेपाली कांग्रेसका सभापति छन् भने सिंह कोषाध्यक्ष हुन् ।

आज दिउँसो १ बजे आफू दईजनाको शपथ ग्रहणको कार्यक्रम राखिएको नवनियुक्त मन्त्री सिंहले बताएका छन् ।

उनका अनुसार नेपाली कांग्रेस तत्काल २ मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ । र, पछि पुनः दुईवटा मन्त्रालय वा एक सभामुख र एक मन्त्री लिने नेपाली कांग्रेसको तयारी छ ।

मधेश प्रदेशम अहिले नेकपा एमालेबाट रामचन्द्र मण्डल सभामुख छन् । चार वटा मन्त्रालय नेपाली कांग्रेसलाई नदिए सभामुखमा उसको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४