Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एभरेष्ट बैंकबाट बचतकर्ताको डेढ करोड चोरी, शाखा प्रबन्धकसहित ९ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 2K
    SHARES

काठमाडौँ । एभरेष्टबैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको छ ।

बचतकर्ताले आफ्नो खातामा जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सात जना बैंकका कर्मचारी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसमार्फत सो रकम निकालेको देखिएको उनले बताए ।

बैंकका कर्मचारीले ग्राहकको कनेक्ट आईपीएसको आ‍इडी पासवर्ड चोरर रकम पठाउने गरेका थिए । त्यस्तै कोर बैंकिङ्क सिस्टम (सीबीएस) बाट निस्क्रीय खातामा पठाउने र नक्कली चेक प्रयोग गरेर सो रकम निकालेको पाइएको उनले बताए ।

रकम अन्य बैंकको विभिन्न खातामा पनि पठाउने गरेको देखिएको उनले बताए ।

चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रविसे-८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंकको उदयपुर गाइघाट शाखाका अपरेशन इञ्चार्ज विराटनगर- ८ का ३४ वर्षीय निरज प्रधान, एभरेष्ट बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई पक्राउ गरेको हो । त्यस्तै धनुसाको मिथिला नगरपालिका- ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सुर्यविनायक नगरपालिका- २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन् ।

प्रहरी नायव उपरीक्षक राईका अनुसार ग्राहकको कनेक्ट आईपीएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकम झिक्ने गिरोहका नाइके गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधान हुन् ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।

कर्मचारीले ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । ‘३३ जनाको खाताबाट खातावलालाई जानकारी नदिइ रकम निकालेको देखिन्छ,’ उनले भने,’ सात जना बैंकका कर्मचारी र अन्य दुई जना पक्राउ परेका छन् ।’

उनका अनुसार आफ्नो खाताबाट रकम हराएपछि ग्रहकले बैंकमा जानकारी गराएका थिए । बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको डीएसपी राईले बताए ।

बैंकको शाखा कार्यालयका प्रबन्धकसहित कर्मचारीको संगठित जालो देखिएपछि इटहरी शाखाका ६ जना कर्मचारीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

धनुसाका भुजेल गत वैशाख १० गते र भक्तपुरका खिउजु वैशाख १३ गते पक्राउ परेका थिए । खिउजु र भुजेलले रकम निकाल्न सहयोग गरेको देखिएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरुमाथि बैकिङ कसुर र संगठित अपराध कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी राईले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४