Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आगामी भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने प्रधानमन्त्री दाहालको विश्वास


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राजधानीमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तनमार्फत नै जनतालाई सेवा, सुशासन र विकास दिन सकिन्छ भन्ने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभयाे ।

शीर्ष नेताहरुबीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु,संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नमै केन्द्रित हुने गरेको उहाँको दाबी थियाे ।

भारतसँग खुला सीमा,आर्थिक,राजनीतिक,सामाजिक,जनता–जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणका दोषीहरूलाई कुनै हालतमा नछोड्ने र मुद्दा दर्ता भएपछि पनि थप अनुसन्धानको प्रकिया जारी राख्ने जानकारी दिनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण अब आमनेपाली र अन्तर्राष्ट्रिय रुपमा पनि चासोमा परिसकेकाले यसबाट कोही पछि हट्न नसक्ने प्रधानमन्त्री भनाई थियाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४